काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका छन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि नेता कृष्णप्रसाद सिटौला समूहलाई एउटा विभागको संयोजक दिएर १२ विभागमा आफ्नो समूहका नेतालाई संयोजक बनाएका छन् । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम पार्टी केन्द्रीय सदस्यहरुलाई विभागको जिम्मेवारी सुम्पेका हुन्।
देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी दिएका छन्। त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन्।
सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन्।
यीमध्ये हुमागाईं पार्टीभित्रको सिटौला समूहका हुन्। बाँकी सबै संस्थापन पक्षका हुन्। जनसम्पर्क समन्वय समिति विभागको जिम्मेवारी पाएका भट्टराई केही समयअघि मात्रै पौडेल समूह छोडेर संस्थापनतिर आएका थिए।
देउवाले शुक्रबार नेता रामचन्द्र पौडेललाई टेलिफोन गर्दै आफू विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए। पौडेलले देउवालाई महाधिवेशनको तयारीमा लाग्न सुझाव दिँदै अहिले विभाग गठन गर्न नाम दिन नसक्ने बताएका थिए। त्यसअघि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि पनि विभागमा राख्ने नेताहरुको नाम दिन आग्रह गर्न पौडेल निवास बोहोराटार पुगेका थिए। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र