काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै पार्टीलाई एकजुट राख्ने उद्घोष गरेका छन् ।
नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै पार्टीलाई एकजुट राख्न कुनै कसर बाँकी नराख्ने बताए । अर्का अध्यक्ष दाहालले सानातिना विवादले पार्टी एकतामा कुनै समस्या नपार्ने बताए ।
उनले विवाद हुँदै जाने र त्यसको समयमै व्यवस्थापन गरी पार्टीलाई झनै ऊर्जावान् र शक्तिशाली बनाइने बताए । त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाए ।
उनीहरू पार्टीमा देखिएको समस्या समाधान गर्दै एकजुट बनाउनुपर्नेमा सहमत देखिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने