काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै पार्टीलाई एकजुट राख्ने उद्घोष गरेका छन् ।
नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्दै पार्टीलाई एकजुट राख्न कुनै कसर बाँकी नराख्ने बताए । अर्का अध्यक्ष दाहालले सानातिना विवादले पार्टी एकतामा कुनै समस्या नपार्ने बताए ।
उनले विवाद हुँदै जाने र त्यसको समयमै व्यवस्थापन गरी पार्टीलाई झनै ऊर्जावान् र शक्तिशाली बनाइने बताए । त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकजुट बनाएर लैजाने प्रतिबद्धता जनाए ।
उनीहरू पार्टीमा देखिएको समस्या समाधान गर्दै एकजुट बनाउनुपर्नेमा सहमत देखिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ