काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै बाचा पूरा गर्न नसकेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
देउवाले ०७२ फागुन दोस्रोसाता सभापतिको उम्मेदवार हुँदा भनेका थिए–पार्टी एक बनाउन सकिनँ भने मलाई फटाहा भन्नुहोला । म पार्टी मिलाएर अहिलेका नेताले सोचेको भन्दा पनि माथिल्लो स्तरमा पुर्याउँछु । त्यो क्षमता मसँग छ । मेरो कुनै कोटरी छैन् । सुझाव लिन्छु तर निर्णय आफै गर्ने बानी छैन ।
चार वर्षको कार्यकाल सकिँदै गर्दा देउवामाथि यी बाचा पूरा नगरेको मात्र होइन ध्रुवीकरण बढाएर पार्टीभित्र एकलौटी बर्चश्व स्थापित गर्न खोजेको भन्दै संस्थापनइतर पक्ष निरन्तर विरोधमा छ । पार्टीमा एकता होइन अविश्वास र संशय बढेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा हुने
बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले गराए उम्मेदवारी दर्ता
प्रदेश संसदीय दलको नेताका लागि बानियाँको मनोनयन
बागमती कांग्रेसमा किचलो : दल नेता छान्न आज चुनाव, लामा पक्षले सार्ने उम्मेदवार को ?