काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका मन्त्री, सांसद तथा नेता, कार्यकर्ताको लेबीमा एकरूपता ल्याएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएको २१ महिनापछि यस्तो एकरूपता ल्याएको हो ।
अहिले केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार सङ्घीय संसद्का सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको नेकपा कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए। यसअघि तत्कालीन एमालेका सांसदहरूले मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रका सांसदहरूले मासिक १२ हजार रुपियाँ लेबी पार्टीलाई बुझाउँथे ।
फागुन १ गतेदेखि लागू हुने गरी नेकपाका हरेक सांसदले मासिक १२ हजार बुझाउनुपर्ने हुन्छ । यद्यपि यो लेबी भिन्दाभिन्दै कोषमा जम्मा हुनेछ । हालसम्म नेकपाको संयुक्त खाता नखुलेका कारण तत्कालीन पार्टीहरूकै कोषमा जम्मा हुने कार्यालय सचिव रिजालले बताए ।
पार्टीका सबै नेताको लेबीमा एकरूपता गरिने छ तर सांसदबाहेक अरू कसैको लेबी तोकेको छैन । चाँडै सबैको एकरूपता हुने गरी तोकिने उनले बताए । यो खबर गोरखापत्रमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ फागुन २०७६, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ