काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताउनुभएको छ । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उहाँले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताउनुभयो । जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उहाँको भनाइ थियो । “नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको मत दिएर सरकारमा पठाएको हो”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सबै पूरा गर्न सजिलो छैन ।”
उहाँले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने गरी योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अघि बढेको उल्लेख गर्नुभयो ।
नयाँ संविधानले नागरिकको मौलिक अधिकारलाई संविधानमा लिपिबद्ध गरिसकेको भन्दै उहाँले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताउनुभयो । “मौलिक अधिकार संविधानमा मात्र सीमित नगरी हरेक जनताले भोग गर्न पाउने गरी कानून बनाउने काम सकेका छौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
“ठूलो राजनीतिक परिवर्तनपछि राजनीतिक क्रान्तिलाई सफल गरी देश आर्थिक क्रान्तिको युगमा प्रवेश गरेको छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “आर्थिक विकासको दिशातिर देशलाई लैजानु नै आर्थिक क्रान्तिमा फड्को मार्नु हो, देशलाई समृद्ध मुलुक बनाउनु हो, यसबाट आम नागरिकले उपभोग गर्न पाउने खालको नयाँ ढङ्गको विकास हुन्छ । हिजो राजतन्त्र थियो, सामान्तवाद थियो, हजाराँैसहित बेपत्ता घाइतेको बलिदानमा निरङ्कुशतन्त्र अन्त्य देशलाई नयाँ युगमा लैजान खोजिएको छ, त्यो युग भनेको नेपालका लागि आर्थिक क्रान्तिको युग हुनेछ”, उहाँले भन्नुभयो ।
शिक्षामा गुणात्मक परिवर्तन नगरेसम्म विकासको पूर्वाधार खडा गर्न नसकिने प्रवक्ता श्रेष्ठको भनाइ थियो । उहाँले घरदैलोमा रहेका सामुदायिक विद्यालय कलेजले आम नागरिकलाई गुणात्मक शिक्षा प्रदान गर्न सकेमात्र शिक्षामा गुणात्मक विकास भएको मान्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ फागुन २०७६, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध