काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक जोहान कालिनले शनिबार ३१ सदस्यीय प्रारम्भिक खेलाडीको छनोट गरेका छन् । छनोटमा अधिकांश नयाँ खेलाडीलाई समेटिएको छ ।
खेलाडीले ए डिभिजन लिगमा गरेको प्रदशनका आधारमा छनोट गरिएको प्रशिक्षक कालिनले बताएका छन् । फिफा विश्वकप छनोटसँगै यस खेललाई सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसियन कपको छनोटको रुपमा पनि लिएको छ । प्रारम्भिक टोलीमा दर्शन गुरुङ, एरिक बिष्ट, दिलेन लोक्तान, पुजन उपरकोटी, जर्जप्रिन्स कार्की लगायत नयाँ खेलाडीले स्थान बनाएका छन् ।
विदेशमा रहेका रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाललाई पछि टोलीमा समावेश गरिने बताईएको छ । विश्वकप छनोट अन्तर्गत नेपालले चैत १३ गते चाइनिज ताइपेइ र १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
प्रारम्भिक टोली
गोलरक्षक – विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने
रक्षक –रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ र दिलेन लोक्तन
मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल र अञ्जन बिष्ट
स्ट्राइकर – जर्जप्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०७६, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड