काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। मंगलबारको खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै सुपर आठको एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो।
महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। उनको शतक नै जितको मुख्य आधार बन्यो। उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरेका हुन्। पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ब्रुकको शतकको मद्दतमा ५ बल बाँकी हुँदा १९ ओभर १ बलमा १६६ रन बनाउँदै पूरा गरेको हो।
इंग्ल्यान्डलाई रोक्न पाकिस्तानका लागि साहिद शाह अफ्रिदीले ४ विकेट हात पार्दा नवाज र तारिकले समान दुईदुई विकेट लिए।
टस जितेर सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि साहिबजादा फरानले अर्धशतकीय इनिङ खेले। उनले ४५ बलको सामना गरेर ६३ रन बनाएका हुन्। फखर जमानले र बाबर अजामले समान २५–२५ रन बनाए।
यो जितसँगै इंग्ल्यान्ड पाँचौं पटक विश्वकपको सेमिफाइनल पुगेको छ। एक खेल अगाडि सेमिफाइलन पुगेको इंग्ल्यान्डले सुपर आठको अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।
सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।
सुपर–८ को दोस्रो खेलमा पाकिस्तानलाई दुई विकेटले हराएसँगै समूह ‘दुई’बाट इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो । सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ फागुन २०८२, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै