भ्रामक सूचना सम्प्रेषण गरे कारबाही हुन्छः सञ्चार मन्त्रालय

सफल खबर संवाददाता

बुधबार, ०९ बैशाख २०८३, १९ : ४१
भ्रामक सूचना सम्प्रेषण गरे कारबाही हुन्छः सञ्चार मन्त्रालय

काठमाडौं। सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्तीमार्फत सरकारले यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने र सार्वजनिक शान्ति तथा सुरक्षामा असर पार्न सक्ने जनाएको हो।

‘विगत केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा अपुष्ट, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेका सम्बन्धमा सरकार तथा सुरक्षा प्रति नागरिकको विश्वास कमजोर हुने अवस्थाको सिर्जना भइरहेको हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।’ विज्ञप्तीमा भनिएको छ।

साथै, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित भएर सामग्री प्रकाशन तथा साझेदारी गर्न अनुरोध गर्दै आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।मन्त्रालयले आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस