काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ।
समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने विश्वपको सुपर-८ बाटै बाहिरिने छ। भारत र वेस्ट इन्डिजको खेल आइतबार साँझ ७ः१५ बजे भारतको इडेन गार्डेन मैदानमा सुरु हुँदैछ। आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ।
त्यसैतै आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ। समेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा भएकाले यो खेलमा भन्दा आजको दोस्रो खेलमा दर्शक र क्रिकेट समर्थकको चासो रहेको छ।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड
विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित
विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली