एजेन्सी । टर्की २४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ।
गएराति भएको युरोपियन प्लेअफको फाइनलमा कोसोभोमाथि १–० साँघुरो जित हासिल गर्दै टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल भएको हो।
सन् २००२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेयता टर्की विश्वकपमा छनोट हुन सकिरहेको थिएन। टर्कीले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा डेब्यु गरेको थियो।
त्यसपछि सन् २००२ मा कोरिया र जापानमा भएको विश्वकपमा तेस्रो हुँदै टर्कीले इतिहास कायम गरेको थियो।तर त्यसपछि विश्वकप पुग्न संर्घष गरिरहेको टर्कीले २४ वर्षपछि विश्वकपको ढोका खोलेको हो।
विश्वकपमा टर्कीले समूह सीमा रहेका अस्ट्रेलिया, पाराग्वे र सहआयोजक संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ। सन् २०१६ मा फिफा र यूईएफए सदस्य बनेपछि कोसोभो पहिलोपटक मुख्य प्रतियोगितामा पुग्ने आशामा थिए।
तर खेलको ५३औँ मिनेटमा अक्तुरकोग्लुको गोलमा टर्की विश्वकपमा पुगेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा