काठमाडौं । सत्तारूढ नेकपाले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी अेमरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल तत्पर रहने बताए पनि एमसीसी अनुमोदन गर्ने विषयमा भने स्पष्ट पार्न सकेको छैन ।
बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा स्पष्ट र ठोस प्रस्ताव आउन नसकेको हो । तर, केन्द्रीय बैठकको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भने एमसीसीबारे विस्तृत जानकारी दिँदै यसलाई पारित गर्नुपर्ने बताएका छन् ।
एमसीसीमा नेपाललाई होच्याउने, अपमान गर्ने कुनै विषय नभएको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले यो विशुद्ध विकास निर्माणसँग मात्रै सम्बन्धित भएकाले पारित गर्नुपर्नेमा जोड दिए । उनले एमसीसीलाई इन्डोप्यासिफकसँग जोड्नु बेकारको तर्क भएको बताउँदै यसलाई अगाडि बढाउन कसैले अप्ठ्यारो मान्न नहुने बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ माघ २०७६, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ