काठमाडौं । सत्तारूढ नेकपाले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी अेमरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल तत्पर रहने बताए पनि एमसीसी अनुमोदन गर्ने विषयमा भने स्पष्ट पार्न सकेको छैन ।
बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा स्पष्ट र ठोस प्रस्ताव आउन नसकेको हो । तर, केन्द्रीय बैठकको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भने एमसीसीबारे विस्तृत जानकारी दिँदै यसलाई पारित गर्नुपर्ने बताएका छन् ।
एमसीसीमा नेपाललाई होच्याउने, अपमान गर्ने कुनै विषय नभएको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले यो विशुद्ध विकास निर्माणसँग मात्रै सम्बन्धित भएकाले पारित गर्नुपर्नेमा जोड दिए । उनले एमसीसीलाई इन्डोप्यासिफकसँग जोड्नु बेकारको तर्क भएको बताउँदै यसलाई अगाडि बढाउन कसैले अप्ठ्यारो मान्न नहुने बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ माघ २०७६, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड–नेपालद्वारा स्वागत
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा