राष्ट्रिय सभाका १८ पदका लागि आज चुनाव हुदैं

काँग्रेसलाई सकस, नेकपालाई फाइदै–फाइदा

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, ०९ : १५
राष्ट्रिय सभाका १८ पदका लागि आज चुनाव हुदैं

file photo

काठमाडौं । राष्ट्रिय सभामा दुई वर्षे चिट्ठा लागेका १८ सांसदको रिक्त हुदै गरेको स्थानमा आज मतदान हुदैंछ ।

प्रदेशसभा सदस्य, नगरपािलकाका प्रमुख, उपप्रभुख तथा गाँउपािलकाका अध्यक्ष र उपाध्यक्ष मात्र मतदाता रहने निर्वाचनबाट निर्वाचित हुने सांसदहरुको अब ६ वर्षसम्म कार्यकाल हुनेछ । मतदान अहिले बिहान १० बजेदेखि ४ बजेसम्म कायम गर्ने गरी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. दिनेशकुमार थपलियाले जानकारी दिए । 

‘निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । रिक्त हुदैं गरेको राष्ट्रिय सभाका १८ स्थानका लागि अहिले बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले सफलखवरसँग भने । अर्थमन्त्री डा. युवराज खतिवडा सहित राष्ट्रिय सभाका १९ सांसदहरुको अबको एक महिनापछि (फागुन २० मा) पदावधी सकिदैछ ।

नुनी ब्यवस्था अनुसार, एक महिना अगाडी नै रिक्त पदमा निर्वाचन गराईसक्नु पर्ने ब्यवस्था अनुसार, १८ पदका लागि भने आज निर्वाचन हुन लागेको हो । अर्थमन्त्री खतिवडा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकाले उनको ठाँउमा त्यसै अनुरुप सरकारले सिफारिस गरेर राष्ट्रपतिले मनोनित गर्ने ब्यवस्था छ । 

राष्ट्रपतिले सरकारको सिफारिसमा तीन जना मनोनित गर्न पाउने सम्वैधानिक ब्यवस्था छ । निर्वाचनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य वेदुराम भुषाल लगायतका ६ दलका ४५ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । निर्वाचन आयोगले प्रत्येक प्रदेशको एक स्थानमा मतदान स्थल निर्धारण गरेको छ ।

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवन र वागमती प्रदेशमा ललितपुर महानगरपालिका–४ को वडा समिति भवनमा मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित जिल्ला निर्वाचन कार्यालय परिसर, प्रदेश ५ मा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशमा दिपायलस्थित सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान स्थल तोकिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार पहिलोपटक चुनिएका ५९ जनाको पदावधि गोला प्रथाबाट तय भएको हो ।

एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम छ । त्यसअनुसार राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो ।

नेकपालाई फाइदै–फाइदा, काँग्रेसलाई घाटा
आज हुने निर्वाचनबाट नेकपालाई भने फाइदै फाइदा हुन लागेको छ । काँग्रेसलाई भने घाटा लाग्ने देखिएको छ । पार्टीबाटै जननिर्वाचित प्रतिनिधी मतदाता रहने भएकाले मतदानमा सम्बन्धित पार्टीका मतदाताले आफ्नै पार्टी उम्मेदवारलाई मत हाल्ने भएकाले पनि नेकपालाई निर्वाचनवाट फाइदा हुने देखिएको छ भने काँग्रेसलाई घाटा मात्रैं ।

नेकपाले आज दाउमा लागेको ८ सिटमध्ये ति सवै सिट सुरक्षित राख्दै थप प्रदेश २ बाट राष्ट्रिय जनता पार्टीसँगको चुनावी तालमेलवाट दुई सिट बढी जित्ने देखिएको छ । काँग्रेसको दाउमा लागेको ७ ओटै सिट गुम्ने देखिएको छ । निर्वाचन हुन लागेको १८ सिटमध्ये नेकपाले उम्मेदवारी दिएको १६ ओटै सिटमा जित्ने देखिएको छ । बाँकी २ सिटमा भने राजपाले जित्ने देखिएको छ ।

यसोहुदा यो निर्वाचनाट प्रतिपक्ष काँग्रेसले आफनो ७ ओटै सिट गुमाउने देखिएको छ भने अर्काे दल उपेन्द्र यादव र डा. बाबुराम भटटराईको पार्टी समाजवादी पार्टीले पनि आफनो २ सिट गुमाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस