अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

सफल खबर संवाददाता

शुक्रबार, २१ कार्तिक २०८२, १३ : ४६
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ ।

यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधि सभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

प्रतिनिधि सभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।