काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन्। लुम्बिनीको यो तेस्रो खेल हो। यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो। लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजलाई जितेको थियो।
काठमाडौँ आज चौथो खेलमा छ। यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ। जनकपुर बोल्ट्ससँग जितेको काठमाडौँले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो।
काठमाडौँले आजको खेलमा दुई परिवर्तन गरेको छ। रिकार्डो भान्सेन्सोलेसको स्थानमा मिलिन्द कुमार र प्रतिक श्रेष्ठको स्थानमा दिपेश कँडेल सुरुवाति ११ मा आएका छन्।
लुम्बिनीले भने एक परिवर्तन गरेको छ। समिर अलीको स्थानमा तिलक भण्डारी सुरुवाति ११ मा परेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने