काठमाडौँ। नेपाली काँग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।
‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’
यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।
यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत काँग्रेसले उम्मेदवार बन्न रोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने