काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।
कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशत रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।
यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ (५.८९ प्रतिशत) ले घटेको हो ।
मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’