नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, १२ : ००
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो

काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।

कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशत रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ (५.८९ प्रतिशत) ले घटेको हो ।

मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस