काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा रिमालले यस्तो बताएका हुन् । एमाले लामो इतिहास र संघर्ष पार गर्दै अघि बढेको पार्टी भन्दै उनले महाधिवेशनमा नेतृत्वका सवालमा स्वच्छ प्रतिस्पर्धा भए त्यसलाई अस्वाभाविक मान्न नपर्ने बताए ।
‘पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । हामी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । यही स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी शर्मा ओलीमा रहेको छ,’ उनले भने, ‘त्यस अर्थमा हामी मूल नेतृत्वलाई सघाउने गरी सामूहिक नेतृत्वको प्रणालीमा अघि बढ्नेछौँ ।’
एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहनेछन् । यही २७ देखि २९ मंसिरसम्म आयोजना हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १९ : १०
लेखकबाट थप