एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश युरोपसँग युद्ध नचाहने तर ऊ लड्न चाहन्छ भने आफू पनि तयार रहेको बताएका छन्।
पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेट्ने कार्यक्रम छ। उनी पहिले लगानी मञ्चमा बोलिरहेका थिए।
आफ्नो भाषण सकिएपछि उनी कुनै प्रश्न सम्बोधन नगरी गए र बाटोमा उनले ट्रेड सेन्टर लबीमा भेला भएका पत्रकारहरूसँग कुरा गरे।
युक्रेनसँगको शान्ति वार्तामा युरोपको संलग्नताबारे सोध्दा पुटिनले युरोपलाई ‘शान्तिपूर्ण एजेन्डा’ नभएको आरोप लगाए।
यस क्रममा उनले युरोपेली देशहरूले युक्रेन-रुस द्वन्द्व समाधान गर्ने अमेरिकी प्रयासमा अवरोध पुर्याइरहेको आरोप पनि लगाए।
उनले यो पनि भने, ‘रुस युद्ध अन्त्य गर्ने युरोपको माग स्वीकार गर्दैन। हामी युरोपसँग लड्न चाहदैनौँ, तर युरोप लड्न चाहन्छ भने हामी तयार छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ