एजेन्सी । ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ ।
उक्त खेलमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरेका छन् । लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले भिगोविरुद्ध ४–२ गोल अन्तरको शानदार जित निकालेको हो ।
खेलको सुरुवाती अर्थात् १० मिनेटमा पेनाल्टी गोल गरेको लेवान्डोस्कीले त्यसपछि पहिलो हाफको ३७ र दोस्रो हाफको ७३ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उसका लागि युवा स्टार लामिन यामलले पहिलो हाफको इन्जुरी समयमा अर्को एक गोल गरेका हुन् ।
भिगोका लागि सेर्गियो करेरैरा खेलको ११ औं र बोरखा इग्लेसियसले ४६ मिनेटमा गोल फर्काए । यो जितसँगै बार्सिलोना २८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानको रिल म्याड्रिडको ३१ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, ०६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने
यामलले अझै ६ वर्ष बार्सिलोनाबाटै खेल्ने
बार्सिलोनालाई २८ औँ पटक स्पेनिस ला लिगाको उपाधि
रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा
स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा