काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
पार्टीले योग्यता पुगेका इच्छुक सदस्यहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो। कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म उम्मेदवारीका लागि आवेदन दिन सकिने रास्वपाले जनाएको छ।
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक