काठमाडौं । नेकपा एमालेले फेरि विद्यान संसोधन गरेर अध्यक्ष केपी ओलीको असहजतालाई सहज बनाउने भएको छ । ओली तेस्रो कार्यकाल फेरि अध्यक्ष हुने तयारीमा छन् । ओलीसँग इश्वर पोखरेलले चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
एमालेमा ओली र पोखरेलका वीच टिम नै बनाएर प्रतिस्पर्धा हुने भएपछि ओली दवावमा छन् । उनका टिममा खुल्ने वर्तमान पदाधिकारीको संख्या बढी भएपनि विधानतः १५ जनाको मात्र पदाधिकारी बनाउन पाइने ब्यवस्था छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतको संख्या एमालेले गत भदौंमा ललितपुरको गोदावरीमा आयोजना गरी घटाउने निर्णय गरेको थियो । अहिले ओलीसँग पोखरेलले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएपछि आफुसँग रहेका तर पदाधिकारीको ब्यवस्थापन गर्दा छुटने नेताहरु असन्तुष्ट बनेर पोखरेल टिममा जानसक्ने भय देखेपछि ओलीले विधान संसोधन गर्न खोजेका छन् ।
त्यसका लागि उनले आफनो टिमको ब्यवस्थापन भनेर भन्नुभन्दा सैद्दान्तिक राजनीतिक लेपन लगाएर पदाधिकारीको संख्या बढाउन चाहेका छन् । उनले भन्नलाई विधान महाधिवेशन राष्ट्रिय परिषद् सदस्यले गर्ने, त्यो महाधिवेशन पुरानो म्यान्डेट अनुसार चल्ने, विधान, नीति कार्यक्रम पारित गर्ने भयो । तर नेतृत्व चयन गर्दा नयाँ निर्वाचनबाट आएका महाधिवेशन प्रतिनिधिले गर्ने भए ।
नीति र नेतृत्व एउटै लयमा जानुपर्ने अवस्था छ । तर, यहाँ नीति र विधान एउटाले पारित गर्यो, नेतृत्व अर्काेले छान्ने अवस्था आएपछि समस्या आयो, त्यसैले विधान संसोधन नयाँ आएकाले पनि गर्न पाउने गरी ब्यवस्थापन गर्नुपर्ने अवस्था आएको ओलीले बताउन थालेका छन् ।
खासमा ओलीलाई महसचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङमध्ये एकलाई ब्यवस्थापन गरेर अन्य दुईलाई उपाध्यक्षमा ब्यवस्थापन गर्नुपर्ने बाध्यता छ । अर्काेतिर उपाध्यक्ष जम्मा ३ जना मात्र अहिलेको विधान अनुसार रहँदा रामबहादुर थापा (बादल), विष्णु पौडेल, गुरु बराल, महासचिव दावी गरिरहेका अन्य दुई नेतासम्मको ब्यवस्थापन गर्नुपर्ने समस्या पनि उनलाई छ ।
एमाले विधानमा अहिले वरिष्ठ उपाध्यक्ष रहने ब्यवस्था छैन । उपाध्यक्ष पनि जम्मा ३ जना मात्रै बनाउने ब्यवस्था छ । महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने गरी १५ सदस्यीय पदाधिकारीको ब्यवस्था भदौंको विधान महाधिवेशनले पारित गरेको थियो ।
आफु प्रधानमन्त्री भईरहँदा सहयोग गरेका विष्णु रिमालको ब्यवस्थापन पनि गर्नुपर्ने बाध्यता पनि ओलीलाई छ। रिमाल यस अगाडी पार्टी उपमहासचिव भईसकेका छन् । जसकाकारण ओली पार्टीमा वरिष्ठ उपाध्यक्ष फेरि राख्ने, र थप २ जना उपाध्यक्ष पद थप गरेर जानुपर्ने पक्षमा देखिएका छन् । यसका लागि उनले आफु निकट नेताहरुमार्फत विधान संसोधनको कार्ड फयाँन थालेका छन् ।
इश्वर पोखरेल पक्षले विधान अनुसार पदाधिकारीको संख्याक म रहेको र ओलीतिर झुकाव राखेका नेताहरुको ब्यवस्थापन ओलीलाई गर्न कठिन देखिने र त्यसैमा असन्तुष्टि टिम वा नेतालाई आफनोतिर तानेर उम्मेदवार बनाउने रणनीति बनाएका छन् । त्यसका लागि उनले पहिले ओलीको टिम फर्मेसन के हुन्छ भनेर पर्खिबसेको देखिन्छ । पोखरेल टिममा भने विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ जस्ता नेता तान्न सकिए उनीहरुलाई सोही अनुसारको पद दिन अन्य नेताले त्याग गर्ने सहमति बनाईसकेका छन् ।
ओली आफनो टिम एकढिक्का राखिराख्न र नेताहरुको ब्यवस्थापनका लागि पदाधिकारीको संख्या थप गरेर जाने तयारीमा देखिएका छन् । पदाधिकारीको मात्र संख्या बढाउँदा केन्द्रीय सदस्य बन्न् चाहनेहरुको पनि मनोविज्ञान बुझनुपर्ने भएकोले केन्द्रीय समितिको संख्या थप गर्नुपर्ने प्रेसरमा ओली पर्नेछन् । त्यसो हुँदा केन्द्रीय समितिकै पनि आकार बढ्ने सम्भाबना रहेको ओली निकट नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार
एमालेले सार्वजनिक गर्यो एघारौँ महाधिवेशनको लोगो
एमाले प्रतिनिधि छनोट : सुनसरीमा दुई प्रदेश सांसद पराजित
महाधिवेशनको लोगो आज सार्वजनिक गर्दै एमाले