काठमाडौं । नेकपा एमालेले फेरि विद्यान संसोधन गरेर अध्यक्ष केपी ओलीको असहजतालाई सहज बनाउने भएको छ । ओली तेस्रो कार्यकाल फेरि अध्यक्ष हुने तयारीमा छन् । ओलीसँग इश्वर पोखरेलले चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
एमालेमा ओली र पोखरेलका वीच टिम नै बनाएर प्रतिस्पर्धा हुने भएपछि ओली दवावमा छन् । उनका टिममा खुल्ने वर्तमान पदाधिकारीको संख्या बढी भएपनि विधानतः १५ जनाको मात्र पदाधिकारी बनाउन पाइने ब्यवस्था छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतको संख्या एमालेले गत भदौंमा ललितपुरको गोदावरीमा आयोजना गरी घटाउने निर्णय गरेको थियो । अहिले ओलीसँग पोखरेलले टिम बनाएर प्रतिस्पर्धा गर्ने भएपछि आफुसँग रहेका तर पदाधिकारीको ब्यवस्थापन गर्दा छुटने नेताहरु असन्तुष्ट बनेर पोखरेल टिममा जानसक्ने भय देखेपछि ओलीले विधान संसोधन गर्न खोजेका छन् ।
त्यसका लागि उनले आफनो टिमको ब्यवस्थापन भनेर भन्नुभन्दा सैद्दान्तिक राजनीतिक लेपन लगाएर पदाधिकारीको संख्या बढाउन चाहेका छन् । उनले भन्नलाई विधान महाधिवेशन राष्ट्रिय परिषद् सदस्यले गर्ने, त्यो महाधिवेशन पुरानो म्यान्डेट अनुसार चल्ने, विधान, नीति कार्यक्रम पारित गर्ने भयो । तर नेतृत्व चयन गर्दा नयाँ निर्वाचनबाट आएका महाधिवेशन प्रतिनिधिले गर्ने भए ।
नीति र नेतृत्व एउटै लयमा जानुपर्ने अवस्था छ । तर, यहाँ नीति र विधान एउटाले पारित गर्यो, नेतृत्व अर्काेले छान्ने अवस्था आएपछि समस्या आयो, त्यसैले विधान संसोधन नयाँ आएकाले पनि गर्न पाउने गरी ब्यवस्थापन गर्नुपर्ने अवस्था आएको ओलीले बताउन थालेका छन् ।
खासमा ओलीलाई महसचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङमध्ये एकलाई ब्यवस्थापन गरेर अन्य दुईलाई उपाध्यक्षमा ब्यवस्थापन गर्नुपर्ने बाध्यता छ । अर्काेतिर उपाध्यक्ष जम्मा ३ जना मात्र अहिलेको विधान अनुसार रहँदा रामबहादुर थापा (बादल), विष्णु पौडेल, गुरु बराल, महासचिव दावी गरिरहेका अन्य दुई नेतासम्मको ब्यवस्थापन गर्नुपर्ने समस्या पनि उनलाई छ ।
एमाले विधानमा अहिले वरिष्ठ उपाध्यक्ष रहने ब्यवस्था छैन । उपाध्यक्ष पनि जम्मा ३ जना मात्रै बनाउने ब्यवस्था छ । महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने गरी १५ सदस्यीय पदाधिकारीको ब्यवस्था भदौंको विधान महाधिवेशनले पारित गरेको थियो ।
आफु प्रधानमन्त्री भईरहँदा सहयोग गरेका विष्णु रिमालको ब्यवस्थापन पनि गर्नुपर्ने बाध्यता पनि ओलीलाई छ। रिमाल यस अगाडी पार्टी उपमहासचिव भईसकेका छन् । जसकाकारण ओली पार्टीमा वरिष्ठ उपाध्यक्ष फेरि राख्ने, र थप २ जना उपाध्यक्ष पद थप गरेर जानुपर्ने पक्षमा देखिएका छन् । यसका लागि उनले आफु निकट नेताहरुमार्फत विधान संसोधनको कार्ड फयाँन थालेका छन् ।
इश्वर पोखरेल पक्षले विधान अनुसार पदाधिकारीको संख्याक म रहेको र ओलीतिर झुकाव राखेका नेताहरुको ब्यवस्थापन ओलीलाई गर्न कठिन देखिने र त्यसैमा असन्तुष्टि टिम वा नेतालाई आफनोतिर तानेर उम्मेदवार बनाउने रणनीति बनाएका छन् । त्यसका लागि उनले पहिले ओलीको टिम फर्मेसन के हुन्छ भनेर पर्खिबसेको देखिन्छ । पोखरेल टिममा भने विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ जस्ता नेता तान्न सकिए उनीहरुलाई सोही अनुसारको पद दिन अन्य नेताले त्याग गर्ने सहमति बनाईसकेका छन् ।
ओली आफनो टिम एकढिक्का राखिराख्न र नेताहरुको ब्यवस्थापनका लागि पदाधिकारीको संख्या थप गरेर जाने तयारीमा देखिएका छन् । पदाधिकारीको मात्र संख्या बढाउँदा केन्द्रीय सदस्य बन्न् चाहनेहरुको पनि मनोविज्ञान बुझनुपर्ने भएकोले केन्द्रीय समितिको संख्या थप गर्नुपर्ने प्रेसरमा ओली पर्नेछन् । त्यसो हुँदा केन्द्रीय समितिकै पनि आकार बढ्ने सम्भाबना रहेको ओली निकट नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह