सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत भएको छ ।
माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको प्रदेश सभा सदस्य रणसिंह परियारले जानकारी दिए ।
प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको दलको बैठकले छिट्टै दलको नेता तोक्ने निर्णय गरेको छ । नेता शर्माले बिहीबार बिहान मात्रै राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १६ : ४७
लेखकबाट थप