काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।
एक कार्यक्रम बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।
‘म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली काँग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।
उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गते काठमाडौँमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा