काठमाडौँ । आपराधिक घटनामा नेपाल प्रहरीले विभिन्न आलोचनाहरु खेपिरहेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई पक्राउ गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।
अघिल्लो महिना १२२ जना चिनियाँ नागरिक पक्राउ परेको घटनालाई ध्यानमा राखेर प्रहरीको अपरेशन फितलो भन्दै सञ्चारमाध्यममा आलोचित समाचार आइरहेको छ । तर पनि बेरुजु फस्र्यौटमा प्रहरीले उच्च अङ्क ल्याएको छ । प्रहरी स्रोतका अनुसार नै व्यवस्थित रुपमा अपरेशन चलाएको भए अन्य २÷३ सय व्यक्ति पक्राउ पर्न सक्ने थियो ।
विविध आलोचनाका बीच पनि प्रहरीले गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फछर्याैमा मापनको वर्गीकरणमा आव २०७४÷७५सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फस्र्यौट गरेको छ । त्यसैले नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गरी सम्मान प्राप्त गरेको छ । प्रहरीले नगद रकम समेत प्राप्त गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौँमा आयोजित एक समारोहमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रंशासा पत्र प्रदान गरे ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आव २०७४÷७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फस्र्यौट गरी बेरुजु फस्र्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तरीय निर्णय अनुसार प्रहरी उत्कृष्ट बनेको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फस्र्याैट कार्यमा नेपाल प्रहरीको लगनशीलता एवम् सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख छ । बेरुजु फस्र्याैट मापनको वर्गीकरणमा गत आवमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०७६, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र