गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभएको छ ।
नेकपा पालुङटार नगरकमिटिले आज गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताउनुभयो ।
“वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढङ्गले पार्टी अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “नेकपा भन्दा बाहिर रहेका कम्युनिष्ट शक्ति अव एउटै कित्तामा उभिएर बहस र छलफल गरी नयाँ रणनीतिका साथ अघि बढ्नुको विकल्प छैन ।”
प्रवक्ता श्रेष्ठले सबै कम्युनिष्ट एकै ठाउँमा बसेर अध्ययन, छलफल र बहसको माध्यमबाट नयाँ विचारको विकास गर्न सके मात्र आजको आवश्यकता पूरा हुने बताउनुभयो । “अव फरक ढङ्गले नजाने हो भने नयाँ वैचारिक क्रान्ति र मुक्तिको अभियानलाई सफल बनाउन सक्दैनौ”, उहाँले भन्नुभयो, “त्यसका लागि नेकपा बाहिर रहेका कम्युनिष्ट एकै ठाउँमा गोलबद्ध हुनु आवश्यक छ ।” नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा रहेको भन्दै त्यसलाई सबैले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ