चितवन । भरतपुर महानगरपालिकाको पाँचौं नगर सभा अहिले भरतपुरमा चलिरहेको छ । नगर सभामा महानगर प्रमुख रेनु दाहालबाट प्रस्ताव गरिएका विधेयकहरुमाथि छलफल भइरहेको छ ।
नगर सभामा महानगर प्रमुख दाहालले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटको हालसम्मको समीक्षा प्रस्तुत गर्नु भएको छ । उहाँले भरतपुर महानगरपालिकाको पुरक बजेट पनि पेश गर्नु भएको छ ।
विधेयक समितिका संयोजक हरिप्रसाद आचार्यले महानगरपालिकासँग सम्बन्धित केही कानुनहरुको विधेयक र संशोधन विधेयक पेश गर्नु भएको छ । उहाँले नगर सभामा मेलमिलापकर्ताहरुको नामावली सूचीकृत गर्ने सम्बन्धी विषय पनि प्रस्ताव गर्नु भएको छ ।
नगर सभाका सहभागीहरु अहिले प्रस्तावित विधेयकहरुमाथि छलफलमा जुटेका छन् । नगर सभामा प्रस्तुत विधेयकहरु पारित भएपछि आजै सभा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण