चितवन । भरतपुर महानगरपालिकाको पाँचौं नगर सभा अहिले भरतपुरमा चलिरहेको छ । नगर सभामा महानगर प्रमुख रेनु दाहालबाट प्रस्ताव गरिएका विधेयकहरुमाथि छलफल भइरहेको छ ।
नगर सभामा महानगर प्रमुख दाहालले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटको हालसम्मको समीक्षा प्रस्तुत गर्नु भएको छ । उहाँले भरतपुर महानगरपालिकाको पुरक बजेट पनि पेश गर्नु भएको छ ।
विधेयक समितिका संयोजक हरिप्रसाद आचार्यले महानगरपालिकासँग सम्बन्धित केही कानुनहरुको विधेयक र संशोधन विधेयक पेश गर्नु भएको छ । उहाँले नगर सभामा मेलमिलापकर्ताहरुको नामावली सूचीकृत गर्ने सम्बन्धी विषय पनि प्रस्ताव गर्नु भएको छ ।
नगर सभाका सहभागीहरु अहिले प्रस्तावित विधेयकहरुमाथि छलफलमा जुटेका छन् । नगर सभामा प्रस्तुत विधेयकहरु पारित भएपछि आजै सभा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान