चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन गरेको विशेष “Sweep Operation” मा ११३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उक्त अभियानका क्रममा लागूऔषध बिक्री–वितरण तथा सेवनमा संलग्न व्यक्ति, मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने, सार्वजनिक स्थानमा अशान्ति मच्चाउने, विभिन्न सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध पुर्याउने, सवारी साधनको स्वरूप परिवर्तन गर्ने तथा अत्यधिक ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन प्रहरीको सराहनीय पहल: सबै कर्मचारीको स्वास्थ्य जाँच सम्पन्न
चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल ‘फागुन महिनाको उत्कृष्ट प्रहरी’ घोषित