कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।
सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो ।
लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ बैशाख २०८३, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते