घटयो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, ११ : ०१
घटयो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा १८ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । 

हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । चाँदी भने तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । 

अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस