चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिएको जनाएको छ । महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा स्वरोजगार सम्बन्धी सीपमूलक तालिम दिएको महानगरले जनाएको हो ।
तालिम लिनेमध्ये २ हजार ५ सय ९१ पुरुष र ४ हजार ६ सय ५० जना महिला रहेका छन् ।
महानगरको रोजगारी शाखाका अनुसार प्लम्बिङ्ग, केयर गिभर, मन्टेश्वरी, फेसन डिजाइनर, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैँजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।
यस्तै कृषि, बारिष्ठा बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस तथा चुरा बनाउने, ड्राइभिङ, एडभान्स ब्युटिपार्लर, कुक, सेनेटरी प्याड बनाउने लगायतका तालिम हो ।
महानगरकी प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले नि:शुल्क तालिमलाई जोड दिइएको बताइन् ।
‘अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाउँमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता छ,’ उनले भनिन् ।
युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षमा पनि नि:शुल्क तालिम निरन्तरता दिँदै बढाउँदै जाने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन