भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०८२, १५ : ०७
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

भरतपुर। चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस