चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० बैशाख २०८३, १५ : ३८
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा भरतपुर महानगरपालिका–१९ स्थित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको पिकअप गाडी (BR 01 PE 6943) बाट ९५.१६५ केजी गाँजा बरामद गरिएको हो।

उक्त गाँजा गाडीको सिटमुनि फल्स बटन बनाई लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न चितवन कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय एक जनालाई पक्राउ गरिएको छ।

बरामद गाँजाको अनुमानित मूल्य करिब ५ लाख ७५ हजार ७९० रुपैयाँ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै, प्रयोग गरिएको सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस