काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा पक्राउ परेको पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
पक्राउका लागि काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट अनुमति प्राप्त गरिएको थियो।
प्रहरीका अनुसार गोल्छालाई काठमाडौँको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान कार्य अघि बढाइएको सिआइबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर गोल्छा फेरि प्रहरीको नियन्त्रणमा
शेखर गोल्छा पक्राउमा तीनवटै व्यवसायी संगठनले जनाए आपत्ति