काठमाडौँ । कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङको कटुन्जे–९ घर भई हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भनिने मान बहादुर गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
रेहाना एजुकेसन कन्सल्टेन्सी संचालक भन्दै उनले विदेश पठाइदिने नाममा साढे १० लाख ठगी गरेको उजुरी म्याग्दीको मालिका ५ का हुमलाल गुरुङले उजुरी दिएका थिए ।
सो उजुरीपछि महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई राजधानीको डिल्लीबजारबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०७६, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ