काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए। उनले भने, “पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ