काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडेमा पुस १४ गते सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे गाउँपालिका ६ का ४२ वर्षीया मकरध्वज तामाङ, बाह्रबिसे ३ का ४५ को जितबहादुर तामाङ, सोही स्थानका ३५ वर्षीय छिरिङ दोर्जे लामा र २४ वर्षीया सबिना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट नौ लाख ९५ हजार रुपियाँ बरामद गरेको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज पोखरेलका अनुसार उनीहरुको साथबाट दुई वटा मोटरसाइकल ६ थान मोबाइल र एक साथ चेकबुकसमेत बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ