खोटाङ । गोरखा जिल्लाको गोरखा नगरपालिका–७का सुजन उपरकोटीले कोरिया पठाउने बहनामा खोटाङकी अनुषा तामाङलाई रु एक लाख ठगी गरेको आरोप लागेको छ । धार्मिक सेमिनारका लागि भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पूर्ख्यौली थलो भई हाल धरान उपमहानगरपालिका–१५ बस्दै आएकी तामाङलाई ठगी गरेको आरोप लागेको हो ।
तामाङले कोरिया पठाइदिने भन्दै गत साउनमा बैंकिङ कारोबारमार्फत रु एक लाख दिएको बताए । हाल काठमाडौँ मनमैजु बस्दै आएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको तामाङको आरोप छ ।
पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुषाका बुवा पहलमान तामाङले बताए । पैसा फिर्ता नदिएमा कानुनी उपचार खोज्ने पीडित तामाङ परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
ठगी अभियोगमा ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
ठगी गिरोहमा संलग्न चार जना पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ