चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, १२ : १४
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-२ श्रीडाँडामा चट्याङका कारण एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति पुगेको छ ।

शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस