सशस्त्रका ७ एसपी एसएसपी पदमा बढुवा सिफारिस

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, ११ : २३
सशस्त्रका ७ एसपी एसएसपी पदमा बढुवा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरी बलका सात जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

छ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएपछि रिक्त हुन आएको ६ पद तथा यसअघि नै रिक्त रहेको १ पदसमेत गरी कुल ७ पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

सिफारिस सूचीमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश के.सी., प्रकाश कुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन्।

प्रतिक्रिया दिनुहोस