काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बाग्लुङ घर भएका हाल ललितपुरमा बस्दै आएको ४८ वर्षीया मिना कुँवर रहेकी छन् ।
मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जनाबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमवार ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
हाल प्रहरीले नियन्त्रणमा लिइ उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाँजा तस्करीमा संलग्न दुई महिला पक्राउ
तीस किलो गाँजासहित एक महिला पक्राउ
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ