काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालका सबै घटनामा माफी नहुने बताउनुभएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारीलाई नदोहोर्याउने प्रतिवद्धतासमेत उहाँले जनाउनुभएको छ ।
वृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा क्षमा गर र विर्स’ भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको बताउनुभयो ।
कार्यक्रम शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्येका एक प्रचण्डले दुबै आयोग गठन र ऐन संशोधनलाई समानान्तर रुपमा अगाडि बढाइने बताउनुभयो ।
नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ ।’
नेकपा अध्यक्ष प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियाका क्रममा राम्रा र नराम्रो कामको जिम्मा आफूले लिने बताउनुभयो । ‘मैले त मरे पछि पनि सुख पाउने देखिएको छैन’ भन्दै उहाँले भन्नुभयो, ‘दोषी ठहर भए कारबाही भोग्न तयार रहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ मंसिर २०७६, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य