काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भेटेका छन् ।
पत्थरीको शल्यक्रियापछि टिचिङ अस्पतालमा उपचाररत ओलीलाई भेट्न दाहाल बिहीबार साँझ करिब सवा ५ बजे पुगेका थिए । उनी करिब ३० मिनेट जति अस्पतालमा बसेको स्रोतले बतायो ।
दाहालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका थिए । एमाले सचिव अर्यालले भेट भएको पुष्टि गर्दै दाहालले स्वास्थ्यलाभको कामना गरेको जानकारी दिइन् ।
एमाले र नेकपाबीच सम्भावित सहकार्यको चर्चा चलिरहेका बेला दाहाल–ओली भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतका अनुसार नेकपा र एमालेका केही नेताबीचको छलफलपछि दाहाल–ओलीबिच भेटघाट भएको हो । त्यसअघि ओलीको सन्देश लिएर एमालेका पदाधिकारीहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरेका थिए ।
उक्त छलफलमा दाहालसँगै सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायत सहभागी थिए । नेताहरूबीच करिब चार घण्टा लामो छलफल भएको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?