प्रहरीको घेराउबीच सुकुम्बासीहरु विस्थापित हुँदै

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १९ : २२
प्रहरीको घेराउबीच सुकुम्बासीहरु विस्थापित हुँदै

काठमाडौं। मनोहरास्थित सुकुम्बासी बस्तीमा आज प्रहरीले घेरा हालेर डोजर चलाएको छ । आफ्नो थातथलो भत्काइएपछि सुकुम्बासीहरु सामान र गाईवस्तु सार्न व्यस्त देखिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आज बिहानैदेखि बस्तीमा डोजर चलाइएको हो । प्रहरीले साविकको बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाउन थालेपछि त्यहाँका स्थानीयबासीहरु बिचल्लीमा परेका छन् । वर्षौंदेखि बस्दै आएको आफ्नो टहरो भत्काउन थालेपछि सुकुम्बासीहरु आफ्ना सामानहरु पोका पार्न र गाईवस्तुहरु बाँधेर सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन् । बस्ती भत्काउन आएका डोजरलाई रोक्न केही स्थानीयले प्रयास गरेपनि ठूलो संख्यामा परिचालित प्रहरीले दिएनन् । हाल बस्ती क्षेत्रमा डोजरले टहराहरु भत्काइरहेको छ भने विस्थापितहरु आफ्ना सरसामान सडक किनारमा थुपार्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस