काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू कायम रहेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
‘प्रचण्ड’ले समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिका लागि सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि समेत आह्वान गरेका छन् । उनले नेकपाकै नेतृत्वमा भएका बलिदानीपूर्ण सङ्घर्षका कारण नेपालमा सामन्ती निरङ्कुशताको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’