काठमाडौं । दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।
प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘डाक्टरको मनिटरिङमा उहाँ (प्रधानमन्त्री) ले आज दिनभरि आराम गर्नुभयो।’ ओलीलाई उपचारमा संलग्न दुई चिकित्सक दिव्या सिंह र दिलीप शर्माले शुक्रबार भेटेका थिए। डाक्टरद्वयसँग स्वास्थ्य अवस्था र उपचार विधिका विषयमा प्रधानमन्त्री ओलीले लामो छलफल गरेका थिए।
चिकित्सकद्वय सिंह र शर्माले ग्रान्डीमा गरेको स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्नुका साथै केही दिनको ‘अब्जरभेसन’ पछि थप उपचार विधि र प्रक्रिया निर्धारण गरिने बताएका थिए।नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली