काठमाडौं । दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।
प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘डाक्टरको मनिटरिङमा उहाँ (प्रधानमन्त्री) ले आज दिनभरि आराम गर्नुभयो।’ ओलीलाई उपचारमा संलग्न दुई चिकित्सक दिव्या सिंह र दिलीप शर्माले शुक्रबार भेटेका थिए। डाक्टरद्वयसँग स्वास्थ्य अवस्था र उपचार विधिका विषयमा प्रधानमन्त्री ओलीले लामो छलफल गरेका थिए।
चिकित्सकद्वय सिंह र शर्माले ग्रान्डीमा गरेको स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्नुका साथै केही दिनको ‘अब्जरभेसन’ पछि थप उपचार विधि र प्रक्रिया निर्धारण गरिने बताएका थिए।नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा