काठमाडौं । विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ। तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ। आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सले उडान ढिलाइ हुनुमा विभिन्न कारण देखाएर पन्छिने गरेको छ।
हालै हङकङ अन्तर्राष्ट्रिय विमानस्थले तयार पारेको अन टाइम पर्फमेन्स रिपोर्टमा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा नभएको देखिएको छ। सो रिपोर्टमा देखिएअनुसार गत अगस्ट र सेप्टेम्बर महिनामा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा भएको छैन। उडान ढिलाइ हुनुमा मुख्यतः ३ वटा कारण देखाइन्छ।
अपरेसन, इन्जिनियरिङ तथा कमर्सियल। अपरेसनका कारण उडान ढिलाइ गर्नुमा मुख्य दोषी विमानका पाइलट हुन्छन् भने कहिलेकाहींं समयमै विमान मर्मतसम्भार नहुँदा पनि उडानमा ढिलाइ हुन्छ। विभिन्न लेखा राख्ने क्रममा ढिलाइ हँुदा पनि उडान प्रभावित हुन्छ।
नेपाल एयरलाइन्सको हङकङ उडानमा केही ढिलाइ देखिए पनि शून्य प्रतिशत नै भन्न नमिल्ने अपरेसन डाइरेक्टर दीपु जोहार्चन बताउनुहुन्छ। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले अपरेसन डिपार्टमेन्टका कारण उडानमा ढिलाइ नभएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘अपरेसन विभागका कारण उडानमा एक प्रतिशत पनि ढिलाइ भएको छैन, यस्तो हुनै सक्दैन।’
उहाँका अनुसार विमानस्थलमा रातिको समयमा मर्मत गरिनु र अन्य कारणले उडानमा ढिलाइ हुने गरेको छ। ‘विमानस्थलमा हुने चापका कारण पनि उडान कहिलेकाहींं प्रभावित हुन्छ’ –उहाँले भन्नुभयो। कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले यो तथ्यांक गलत भएको दाबी गर्नुभयो।
उहाँले यसबारे शुक्रबारमात्रै जबाफ दिने बताउँदै तथ्यांक नै गलत रहेको उल्लेख गर्नुभयो।यस्तै, इन्जिनियरिङ डाइरेक्टर कर्णबहादुर थापाले मर्मत सम्भारमा कुनै पनि ढिलाइ नभएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘इन्जिनियरिङका कारण उडानमा कुनै पनि ढिलाइ भएको छैन।’
‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै छ। भ्रमण वर्षको तयारीमा जुटिरहेको समयमा मुख्य भूमिकामा नेपाल एयरलाइन्स नै रहन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका एक कर्मचारीले भ्रमण वर्ष सफल पार्नका लागि एयरलाइन्सको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ कार्तिक २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन