काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसपश्चात पहिलो पटक डायलासिस गरिएको हो ।
नियमिति परीक्षणका लागि भन्दै बुधबार बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिनिन र पिसावमा प्रोटिनको मात्रा बढेको देखिएपछि डायलासिस गरिएको थियो ।
मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ ।
मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ कार्तिक २०७६, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा