ईश्वर पोखरेलका छोराको रामधुलाई !

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, ०७ : ५४
ईश्वर पोखरेलका छोराको रामधुलाई !

काठमाडौैं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पिटिएका छन् । दरवार्गमार्ग स्थित एक डान्स क्लवमा उनी पिटिएका हुन् ।

निर्घात पिटिएका पोखरेलका कान्छा छोरा स्वराज पोखरेलको चार दिन ग्यान्डी अस्पतालमा राखेर उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
घटना भने केही समय अगाडी दशैका बेलाको हो ।

‘दुब्र्यसनी’मा रहेका पोखरेलका कान्छा छोरालाई क्लवमा राती एक समुहले कुटपिट गरेको पोखरेलकै पारिवारिक स्रोतले जनाएको छ । आफु उपप्रधान तथा रक्षामन्त्रीको छोरा भएको र आफुलाई कोही कसैले केही गर्न नसक्ने भन्दै अराजक शैलीमा उफ्रिन थालेपछि क्लवमै आएका अर्काे एक समुहले उनीमाथी कुटपिट गरेको हो ।

कुटपिट पछि स्वराज बेहोस भएका थिए । त्यसपछि उनलाई उपचारका लागि ग्यान्डी अस्पताल पु¥याईएको स्रोतले बतायो । कुटपिटपछि बेहोस बेनेको र अस्पताल ल्याईएको खबर सुनेपछि रक्षामन्त्री पोखरेलले बेलुकी नै छोरालाई भेटन ग्यान्डी पुगेका थिए ।

भिआईपी छोरा कुटिएको खबरले तरंग जान सक्ने भन्दै घटनालाई पोखरेलकै आग्रहमा अति गोप्य राखिएको थियो । जसकाकारण घटना अहिलेसम्म पनि सार्वजनिक भएको छैन  ।

कुटपिटवाट बेहोस स्वराजको चार दिन पछि मात्र होस खुलेको थियो । पोखरेलका दुई छोरा छन् । कान्छा छोरा स्वराज मादक पदार्थमा झुम्न रमाउने गर्छन् । त्यही कारण पनि उनी बेला– बेला डान्सवार जाने गरेका थिए ।

उनी पिटिएको पोखरेलको निकट ब्यक्तिहरुले पनि पुष्टि गरेका छन् । ‘स्वरुप दरवारमार्गस्थित एक क्लवमा पिटिएका हुन्, तर त्यो केही हप्ता अगाडीको कुरा हो, अहिले उनी घरमै आरम गरि बसिरहेका छन्,’ पोखरेल निकट स्रोतले भन्यो ।

भीआईपीका छोराहरु अनेक धन्दामा लागेका कारण बेला–बेला विवादित बन्दै आईरहेका छन् । पोखरेलका कान्छा छोरा पनि त्यस्तै भएका र घटना सार्वजनिक हुदा आलोचना खेप्नु पर्ने भएकाले पोखरेलले यो घटनालाई अति गोप्य राख्न आग्रह गरेपछि प्रहरी, अस्पताल र डान्स क्लवले गोप्य राखेको हो ।

घटनामा संग्लन्नहरुको खोजी गर्दा घटना सार्वजनिक हुने डरले नियत बस कुटिएको हो वा कमजोरी आफ्नै छोराका तर्फवाट भएको भन्ने अनुसन्धान मात्र गर्न पोखरेलले प्रहरी नेतृत्वसँग आग्रह गरेका वुझिएको छ ।
प्रहरीले घटनमा पोखरेलकै छोराको गल्तीका कारण पिटाई खानु परेको बताएपछि अहिले त्यो घटनाको अनुसन्धान नगर्न पोखरेलले नै प्रहरीलाई आग्रह गरेको स्रोत बताउँछ ।

त्यसोत पोखरेलका कान्छा छोरा बेला बेला विवादित बन्दै आईरहेका छन् । उनी वाउको शक्तिको आडमा उठौती धन्दामा पनि लाग्दै आईरहेका छन् । आफनो वावु रक्षा मन्त्री भएको कारण पनि उनले सेनाभित्र कतिपय अवस्थामा वार्गेनिङ धन्दा समेत चलाउदै आएको सेनाकै कतिपय अधिकृतहरु बताउँछन् ।

अमेरिकामा अन्तराष्टिय सम्वन्ध पढेर फर्केका थिए , स्वराज । पोखरेलका जेठा छोरा सिजन भने कृर्षि अध्ययन केन्द्र नार्कका वैज्ञानिक छन् ।