नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताउनुभएको छ ।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गर्नुभएको हो ।
नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभाये । उहाँले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गर्नुभयो । जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्त्व दिएको स्मरण गर्नुभयो । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उहाँको चेतावनी छ ।
पाण्डेले भन्नुभयो, ‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ । हामी केवल किताब र यान्त्रिक कुराबाट समाधान खोज्ने कि वास्तविक जीवनबाट ? जीवन मुख्य कुरा हो, किताव होइन । मदन भण्डारीले विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला जीवन्त तथ्यहरूबाट निष्कर्ष निकालेर नेपाली क्रान्तिलाई नयाँ उचाई दिनुभएको थियो ।’
नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताउनु भयो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको बजेट परम्परागत, लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव छैन : सुरेन्द्र पाण्डे
पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यकः सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे