एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १५ : १२
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिस्पर्धामा यसपटक आफू विजयी बन्न नसके पनि मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि प्रेस विज्ञप्ति निकाल्दै उनले महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु ।’

उनले भने, ‘महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू-जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस